Study Finds Very Few Wild Bee Species Pollinate Major Crops

Entomology Today

A sweat bee in the genus Lasioglossum. Photo by David Cappaert, Michigan State University, Bugwood.org.
A major international study finds that surprisingly few bee species are responsible for pollinating the world’s crops. The paper, published in Nature Communications, suggests that only two percent of wild bee species pollinate 80 percent of bee-pollinated crops worldwide. The study is one of the largest on bee pollination to date.

While agricultural development and pesticides have been shown to produce sharp declines in many wild bee populations, the study shows these “busy bees” can remain abundant in agricultural landscapes.

The study gives a powerful economic rationale for conserving wild bees. It calculates the value of wild bee pollination to the global food system at $3,000 per hectare of insect-pollinated agricultural land, a number in the billions globally.

But the findings also offer a warning to conservation advocates hoping that economic arguments…

View original post 444 more words

“आदिम मानव र मेरो युगको मानव”

                                                     human-evolution-and-consciousness-600x306 (1)          

हेर , त कति सभ्य थियो त्यो आदिम मानव ,
जसले दूरगामी चिन्तनको महशुश कहिल्यै गरेन
बाँच अनि बाँच्न देउ , उसको मूल मन्त्र
समाजमा सभ्यताको नाममा कटुवाल कराएन
नैतिक शिक्षाको जामा पहिरन उसले निको ठानेन
लतिकाको बस्त्रमा आफ्नो सुन्दरता देख्थ्यो ऊ
प्रकृतिसंगसंग अटल संघर्ष गरिनै रह्योI

कठै , हेर त आज मेरा सभ्य होमोस्यपिएन्स प्रजातिलाई
समाजको श्रिगारिक ब्याख्या गर्दै कसिन्गरको ब्लाक लिस्ट निकाल्छन्
अनि कथित कसिन्गरकै इशारामा ताण्डव नाच्न पनि जान्दछन्
शास्त्रको अमूर्त वृतान्त सुनाउन त चाणक्यलाई उछिन्छन्
मोक्ष प्राप्त गर्ने होडबाजीमा आत्मरतिमै जीवन व्यतित गर्छन्
अनि उत्तरआधुनिकतावादको कान्लोमा उन्मक्त भै सिंगौरी खेल्छन्
भैसीको तमाम दुखको आहालमा अजंगको अर्ना आइ मडारिन्छ
अनि हर्षको बिगुल फुक्छI

अति सभ्य शिक्षालयहरुमा इतिहास र दर्शन अध्ययन गर्छन्
धार्मिक ग्रन्थका व्याख्या गर्दा कथित देवता भन्दा उपल्ला दर्जाका लाग्छन्
धर्मकै नाममा ‘कु क्लक्स क्लान’ र मुल्लाहहरु यहीं सलबलाउछन्
नैतिक शिक्षाको उध्रन लागेको धोतीको फेर समाति आदर्श छाटछन्
धोति उध्री नांगै हुँदा पनि जारी रहन्छ आदर्शको अनन्तकालिन स्तनपान
गरिबको नाममा समाज कल्याणको ठुला गड्डी हाक्छन्
सोमरसका ब्रान्डेड प्यालामा गरिबका सपना कठै कति सजिलै देह त्याग्छन् I

सडकमा खुलेआम मडारीरहेछ
हेर त्यो व्यभिचारी
हेर त्यो कथित स्वामी
हेर त्यो दानवीय भुँडी भएको प्रेत
अनि, हेर त्यो स्खलित सिसिफस अनि साल्गिको बलात्कृत आँशु I

तर चुक्क गर्दैन कोहि
मौनताको सवालमा त टेसलाकै रोबोटले उछिन्लान्
मनमौजी पिडा र ति रमिताका सौखिन
यो फगत दुनियाँ
विस्फोटनको समय कुरेर बसेका सौन्दर्यवान सुपर्नोभाहरु
सम्झनामा मार्क ट्वेन र उनका कुकुरहरु
सुकरांत र उनको प्यारो हेम्लक
आइन्स्टाइन र सापेकक्षतावाद , कामु , लेनन आदि इत्यादि
जसले जीवनको अराजक हत्यारासंग कुरुक्षेत्रमै
डटने इच्छाशक्ति देखाए
सिरकको सामन्ती तातोभित्र गुटुमुटु पर्छु
अनि थकित मस्तिष्कलाई आराम दिदै सुन्छु ‘बब डिलन’
उनी भन्दैछन ,” द आन्सर माइ फ्रेन्ड इज ब्लोविंग इन द विन्ड I”

-सविन सौरभ पोखरेल (‘७१)

म,जगत अनि तिमी

असफलताको चरम उत्कर्षमा पुगी नियाल्दैछु आज आफैँलाई
के मेरा सुनौला सपनाका आधारशिला नै खोटपूर्ण थिए त ?
तिमी गोयबल्स शैलीमा मेरा सफलताको धज्जी उडाउदै गयौ
तर तिम्रा निकृष्टताको मैले कहिल्यै खुलेर प्रतिवाद गरिन
कुहिरोभित्रको कागझैँ हराउँदा पनि आफ्नो अनवरत उपस्थिति महशुश गरिरहें
उसका खोक्रा रवाफ र आडम्बरमा अपन्त्वको स्ववर्णनमात्र देख्थें
तर कठै आज ऊ स्वयम् दार्शनिक जीवन बिताउन विवश छ अरे
उत्तरआधुनिकतावादको स्वर्णिम पाइला पनि चालेकै हुँ
आरोह अवरोह झेल्दै जीवनरुपी मार्ग पनि खोतलेकै हो
तर तिमी घोडा चढेउ भनेर धुरी चढ्न सकिन मैले
तिम्रो चाकडीवादी लाशको मलामीमा म सरिक भइन
तिमीजस्तै छद्मभेषी हुन नसक्नु नै मेरो कमजोरी हो त?
शरीरनै ठीहुराउने शितोष्णमा आहा इन्द्रेणी भन्दै रमाउन सकिनँ
तिम्रो मन्दविषलाई आहा अमृत भन्दै श्रवण गर्न म असमर्थ रहें
आज प्रकृतिलाई साक्षी राखी वाचा राख्दछु आमा
म द्रव्यपिशाच हैन तर द्रव्यको महत्व बुझ्दछु
म सिखण्डी अवश्य हैन र मर्दको ओज बुझ्दछु
सत्य टाढा हुँदाहुँदै पनि तिम्रो झुटको सारथी म कहिल्यै भइन
चाकडीवादको आसनमा विराजमान हुन म कहिल्यै गइन
गगनचुम्बी महल कहिल्यै पनि मेरो शोखको विषय रहेन
तर सदनको महत्व त सबै प्राणीलाई उत्तिकै हुन्छ नि आमा
आज भवसागरबाट तिरमा उत्रदै सपथ खादैंछु प्यारी
अव म पनि आफूलाई समयानाकुल परिमार्जन गर्दैछु
तर आफैं भित्रको संघर्षशील ‘म’ लाई कहिल्यै मर्न दिनेछैन
पथभ्रष्टहरुको इहलिला अवश्य पनि समाप्त पारेरै छाडनेछु
मलाई थाहा छ मेरो गन्तब्य तिमीले सोचेजस्तो सहज छैन
तर दुष्ट हरुको कूप्रचारबाट तिमी कत्तिपनि बिचलित नहुनु
मेरो दीर्घकालिन यात्रामा अहिल्यै पूर्णबिराम लाग्ने छैन..
_Sabin “o71”

“Let her glow”

She used to twinkle with a fierce glint
That was fine with me
She used to inhale all the majestic nebulas
Even that didn’t make any sense to me
Today She’s a just a mere star and my friend she looks damn pretty
It doesn’t matter to me which galaxy did she belong to
Let the rivers of joys flow
As long as the dreamer is alive
Noone can’t stop her glow
Some murmur she stole the light from other orphan stars
Some whisper she’s just a burning mass of gases and will burst
But for this dreamer she’s been made to quench my thirst
She’s not jealous of other prettiers
Her existence was there before the big bang theory
Why should I stop gazing here if that’s an uncommon story
When she glows with a flaunty smile
I just can’t stop my river of tears to flow
Though she’s light years away from me
Sinners just let her glow!
-Sabin(014)
-Iaas,Rampur,Chitwan

लोक अनि म

लोकमा म मायाको भिख माग्दछु
फगत विश्व मलाई केवल घृणाको सिक्का फाल्दछ
म पापीको संसारमा जीइहेको यथेस्ट प्रमाण छ
व्यावसायिक पादरी मलाई आदर्शको स्तनपान गराईरहेछ.
-सविन (२०७१ )

अटेरी प्रकृति

सिरक भित्रको तिम्रो सामन्ती तातो
निथ्रुक्क भिजेको कर्मशील शरीर
दैबी प्रकोपको सन्त्रास
तिम्रो बर्षाप्रतिको फितलो मोह
अनि अटेरी प्रकृति!
-सविन पोखरेल (२०७१)
कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान, रामपुर

माैनता

तिमि सुटुक्क आयौ फेरोमोन छाडेउ अनि आफ्नो बाटो लागेउ
म खुलमखुल्ला आएँ मन्त्रमुघ्द भएँ अनि अन्त्यमा बथानमै पुगें
न त तिमि बदलिएको पाएँ न म।
-सविन पोखरेल (२०७१)